न किसानले कुखुराको मूल्य पाए,न उपभोक्ताले सस्तो खान पाए

रञ्जन यादव
320 पाठक संख्या

कुखुराको मूल्यमा गिरावट आएको छ । बाराका कुखुरापालक किसान मारमा परेका छन् ।

चल्ला,दाना,औषधी,बिजुली र अन्य खर्चको मूल्य यथावत रहेको छ । किसानले पालेको कुखुराको मूल्यमा भने कमी आएको छ ।

किसान प्रति के.जि. ब्रोईलर कुखुरा १ सय ५० देखि १ सय ६० रुपैया सम्म खोरबाट बेच्न बाध्य भएको डुमरबानाका किसान मुक्ति के.सि.ले साझेदारीलाई बताए ।

तर कुखुराको मासु प्रतिकिलो २सय ५० देखि ३ सय २० रुपैया सम्म बजारमा पाईन्छ ।

एक मासु पसलका संचालक सलमान अंसारीका अनुसार उपभोक्तालाई मासु बेच्दा २५ प्रतिशत सम्म मासुको रुपमा बिक्रि नहुने गरेका कारण सोचेको जस्तो मुनाफा नहुने गरेको जानकारी दिए ।

यता बारा कुखुरा ब्यवसायी संघका अध्यक्ष गोबिन्द पौडेलले सीमावर्ती क्षेत्रबाट भारतीय कुखुराको आयातका कारण नेपाली कुखुरापालक किसान थप मारमा परेको जनाए ।

खुला सीमाना,राज्यको सही रणनीति र अनुदानको अभाव ,ब्यवसायीक ईमानदारिता र केहि बिचौलियाको कारण कुखुरा पालक किसान मर्कामा परेको जानकारी पौडेलले दिए ।जिउँदो कुखुरा र मासुको मूल्य अन्तर किलोमा एक सय रुपैयाँसम्म हुनुपर्ने हो ।

तर न किसानले मूल्य पाए,न उपभोक्ताले सस्तो खान पाएका छन् ।

Leave a review

This will close in 0 seconds