बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर २३ भलही स्थित एरोटेक प्रालिले करिब ५ कठ्ठा सार्बजनिक जग्गा मिचेर उद्योग बनाएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।
उद्योगले सार्वजनिक कुलो करिब ५ कठ्ठा मिचेर पक्की पर्खाल बनाएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । स्थानीयले उजुरी दिन साथ जीतपुरसिमरा उपमहानगरले पत्र काटेर भवन बनाउँने कार्यलाई रोकेको छ । यसअघि पनि कुलो मिचेर भवनहरु पनि बनाएको पाएपछि काम रोकेको पूर्ववडा अध्यक्ष असलम देवानले जानकारी दिए ।
उनका अनुसार उद्योगले विगतमा प्रयास असफल भएपछि अहिले वडाका जनप्रतिनिधिलाई प्रभावित पारेर निर्माण कार्य अघि बढाएको आरोप लगाए । सार्वजनिक कुलो मासेर पर्खाल बनाएको,नापनक्सा नगरेको र स्वीकृत समेत नलिएको उजुरी परेपछि उपमहानगरपालिकाले उद्योगलाई पत्रचार गरेर सबुत प्रमाण लिई उपस्थित हुन भनेको छ ।
सिलिन्डर बनाउने उद्योगले पूर्व–उत्तरतर्फ पर्खाल बनाउँदै छ । यता वडा अध्यक्ष मुस्तकीम अन्सारीले उद्योगसँग मिलेमत्तो गरेर कुलो निर्माण गर्न दिएको आरोप अस्विकार गरेका छन् । उनले आफुमाथि लागेको आरोप झुटो भएको बताए ।
उनले उनले पर्खाल निर्माणका लागि वडामा स्विकृतका लागि निवेदन दिएको छ । तर स्विकृत दिन बाँकी रहेको अवस्थामा निर्माण कार्य अघि बढाईएको बताए । उनले पर्खाल लगाउँदा नम्बरी जमिन बनेको दाबी गरे ।
वडाअध्यक्ष अन्सारीका अनुसार ८ फिटको कुलो कायमै राखेर पर्खाल सिधा गरि बनाउने क्रममा २÷३ फिट च्यापेको र ८÷१० फिट छाडेर अवस्था रहेको प्रष्ट पारे । पर्खालको नक्सा पास रहेको नरहेको,सार्वजनिक कुलो सम्वन्धि आधारभूत मापदण्ड पालाना गरेको÷नगरेको सबुत प्रमाण लिई यो चिठी प्राप्त भएको सात दिन भित्र यस कार्यालय मा उपस्थित हुन् अनुरोध गरेको छ ।
अन्यथा आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने भवन अनुमति तथा नियमन शाखा प्रमुख इन्जिनियर अभयकान्त झाले उद्योगलाई लेखेको पत्रमा उल्लेख छ ।
भवन निर्माण कार्य स्विकृति नलिई बनाईए भत्काउने अधिकार स्थानीय तहलाई छ । स्थानीय सरकार संचालन एन २०७४ बमोजिम नगर प्रमुखको आदेशमा संरचना भत्काउन सक्ने व्यवस्था अनुुसार तत्काललाई निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।


