बारा प्रहरीले भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४ सय ६० बोरा पोटास खाद बरामद गरेको छ ।
एम.एस किसान ट्रेडर्स भारत कम्पनीको पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज,विराटनगर,बिर्तामोडतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा र ईलाका प्रहरी कार्यालय निजगढले पथलैया चोकमा रोकी चेकजाँच गर्ने क्रममा थप ८ ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ।
प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट ना.५.ख.२९८७,ना.८.ख.८५२२,ना.८.ख. १८४५,ना. ६.ख.७३११ र ना ५ ख ५४०७ नम्बरको ५ ट्रकबाट पोटास खाद २ हजार १ सय बोरा बरामद गरेको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन ।
यस्तै ईलाका प्रहरी कार्यालय निजगढले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ पथलैया चोकबाट ना ५ ख ३३३,ना ७ ख १८६३,ना ५ ख ७७८६,ना ६ ख ३८३४,ना ७ ख ९८४४,ना ६ ख ३३४०,ना ८ ख २४९७ र ना ७ ख ९८५२ नम्बरको ८ ट्रकबाट पोटास खाद ३ हजार ३ सय ६० बोरा खाद्य बरामद गरेको हो ।
प्रहरीले उक्त ट्रकबाट अन्दाजी मुल्य ८७ लाख ३६ हजार रुपैयाँ बराबारको पोटास खाद बरामद गरेको छ । खादसामाग्रीको कर सम्बन्धी विवरण शंकास्पद रहेको प्रवक्ता न्यौपानेले बताए ।
उक्त पोटास खादलोडसहित ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बाराका प्रवक्ता न्यौपानेले बताए ।


