मधेस प्रदेश निक्कै पछि परेको छ : मधेसी नेताहरु

राम मण्डल
483 पाठक संख्या

मधेसी नेताहरुले अन्य प्रदेशको तुलनामा मधेस प्रदेश निक्कै पछि रहेको बताएका छन् ।

पर्साको वीरगञ्जमा आयोजित छैठो बलिदानी दिवसको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्ने नेताहरुले यस्तो बताएका हुन् ।

देशमा सँघीयता आएर तीन तहको सरकार आएपनि देशै भरिमा सबै भन्दा कम विकास मधेस प्रदेशमा नै भएको उनीहरुले बताएका हुन् ।

देशमा रहेका सात प्रदेश मध्ये अन्य प्रदेशहरुमा पटक पटक सरकार बदलेको भएपनि मधेसमा भने एउटै पार्टीको सरकार भएको तथा अहिले पनि मधेसबादी दलको नेतृत्वमा नै सरकार भएको जनाइएको छ । यहाँको विकासमा भने प्रदेश सरकार असफल रहदै आएको छ । अन्नको भण्डार भनेर चिनिने मधेसमा नै पछिल्लो समय कृषि उत्पादनमा कमि हुदै गएको छ ।

पर्याप्त सिँचाईको ब्यवस्था नहुदा सामान्य किसानहरु पनि कृषि पेशा छाडन बाध्य भएर बिदेश जानुपर्ने बाध्यता रहेको छ ।

मधेसी जनताको बलिदानीको जगमा स्थापना भएको मधेस प्रदेश सरकारले छैठो बलिदानी दिवस तामझामका साथ मनाई रहदा पनि मधेसीलाई हेप्ने प्रबृति भएका कारणले मधेसी जनताहरुको विकास हुन नसकेको जनाइएको छ ।

देश भरिमा सबै भन्दा बढी उर्बर भूमि क्रान्तिकारी भएपनि मधेसी जनतालाई हक अधिकारबाट बञ्चित गरिदै आएको मधेस विकासमा पछि परेको जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए । उनले अन्नको भण्डार मधेसमा सिँचाइको सुबिधा नभएको,बेरोजगारी अशिक्षा जस्ता ब्यापक समस्याहरु रहेका कारणले मधेस पछि परेको जिकिर गरे ।

देशमा आएको सँघीयतामा मधेस प्रदेशमा भएको मधेस आन्दोलनमा शहिद भएकाहरुको पनि योगदान रहेको मधेसका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीको भनाई थियो। मधेसी शहिदहरुको त्याग बलिदान र आन्दोलनका कारण देशमा मधेसीहरुको हरेक निकायमा सहभागिता हुदै गएको उनले बताए । प्रदेश सरकारकै प्रदेश साँसद,मन्त्री लगायतले मधेस विकासमा पछि परेको बताउँछन ।

पर्साबाट निर्बाचित मधेस प्रदेश साँसद जनाद्र्धन सिँह क्षेत्रीले कृषि प्रधान प्रदेश मधेस भएपनि सरकार र नेताहरुले किसानहरुलाई एउटा डिप बोरिङ समेत दिन नसकेको बताए ।

Leave a review

This will close in 0 seconds