चिकित्सक संघले आन्दोलन चर्काउने घोषणा

साझेदारी दैनिक
482 पाठक संख्या

वीरगञ्ज : चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनमा ढिलाइ र आन्दोलनरत आवासीय चिकित्सकहरूको मागप्रति सरकारको उदासीनताको विरोधमा नेपाल चिकित्सक संघ आन्दोलन चर्काउने घोषणा गरेको छ ।

पर्सा स्थित नारायणी अस्पतलामा कार्यरत चिकित्सकहरुको अञ्चल शाखाले विहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र दिदै यस्तो चेतावनी दिएका हुन ।

नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ताको नेतृत्वमा चिकित्सक संघले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई ज्ञापनपत्र बुझाइएको छ ।

चिकित्सकहरूसको सम्मान,हक अधिकार र सुरक्षाका लागि आन्दोलन अपरिहार्य भएको उल्लेख गर्दै सरकारलाई तत्काल माग सम्बोधन गर्न ज्ञापनपत्रमा ज्ञापन पत्र उल्लेख गरीएको छ ।

नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयले वैशाख १० गते जारी गरेको प्रेस विज्ञप्तिमा चिकित्सा शिक्षा आयोगको १६औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन नभएको र आवासीय चिकित्सकहरूको मागप्रति सरकारले बेवास्ता गरेको उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापन पत्र बुझ्दै चिकित्सकहरूको मागलाई सम्बन्धित निकायमा पु-याउने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Leave a review