कोरोना महामारीमा आफु सूरक्षित रहेर काम गर्न नेपाल प्रेस यूनियन बाराले सवै संचारकर्मीहरुलाई आग्रह गरेको छ ।
यूनियन बाराले मंगलवार एक प्रेस विज्ञप्ती जारी गरी देश अहिले कठिन मोडमा छ, यस अवस्थालाई सही सत्यतथ्य सूचना प्रवाह गर्नु हाम्रो कर्तव्य हो ? कर्तव्य गर्ने क्रममा आफु पनि सुरक्षित हुनु जरुरी भएकाले आफ्नो सुरक्षा अपनाउन यूनियन बाराले अनुरोध गरेको छ।
यूनियन बाराका अध्यक्ष श्यामबावु प्रसाद यादवले एक विज्ञप्ती जारी गदै अहिलेको कोभिड १९ अर्थात कोरोना भाईरसका कारण पत्रकारहरु पनि अछुतो रहेका छैनन् । त्यसैले पत्रकार मित्रहरुलाई यस्तो विषम परिस्थितिमा आफुसँग भएका प्रविधिहरुको उच्चतम प्रयोग गरी घरबाट नै सुरक्षित तरिकाले समाचार प्रकाशन तथा प्रशारण गर्न नेपाल प्रेस युनियन बाराले हार्दिक अनुरोध गरेको छ ।
यूनियनले पत्रकारहरुलाई समाचारका लागि सूचना लिनुपर्दा ईमेल, भाईवर, मेसेन्जर, टेलिफोन आदि माध्यमको प्रयोग गरी अत्यावश्यक प्रत्यक्ष नभेटि नहूँने हकमा भौतिक दुरी कायम गरी मास्कको अनिवार्य प्रयोग गरेका काम गर्न आग्रह गरेको छ ।
समाचार संकलन गर्न जानपरेपनि सवारी साधनमा हिडडुल गर्दा प्रष्टरुपमा आफ्नो सवारीको अगाडि पछाडि प्रेस लेखौं, लाईट ज्याकेटको प्रयोग गरौ, साथमा आफ्नो परिचय पत्र बोकौ, सूरक्षाकर्मीहरुले सोधखोज गरेमा आफ्नो प्रष्ट विवरण टिपाउन यूनियनले आग्रह गरेको छ ।.
प्रेस यूनियनले समाचार लेख्दा हतार नगरौं, सत्य तथ्य बुझौं, आधिकारीक व्यक्तिलाई श्रोत बनाऔं, प्रतिस्पर्धा नगरौं, समाचार लेख्दा सकेसम्म सकारात्मक तरिकाले लेखौं, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,पत्रकार लगायत पहिलो पंक्तिमा रहेर काम गर्ने सवैको मनोवल उच्च बनाउने कार्यमा ध्यान दिन आग्रह गरेको छ ।
तपाई हामीहरुो सतर्कताले यो महामारीलाई नियन्त्रणमा लिन सकिन्छ, त्यसैले सुरक्षित बसौं, स्वस्थ्थ रहौं । भन्दै विज्ञप्तीमा जनाएको छ ।