अबैध सामान तथा यूरिया मल सहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
372 पाठक संख्या

बारा प्रहरीले २६ लाख २९ हजार बराबरको अबैध सामान तथा यूरिया मल सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममा ट्रकलाई नियन्त्रणमा लिएको हो ।

विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. २६ लाख २९ हजार ३ सय ५७ रूपैयाँ बराबरको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित वीरगंजबाट नारायणघाट तर्फ जादै गरेको ना.३ ख २२९ नं.को ट्रकमा लोड गरेको मोटरसाईकलको मोटर पार्टसको सामान,पेन्ट, खाद्दन्न र अन्य खुद्रा समान बरामद गरेको हो ।

उक्त ट्रकमा अन्दाजी मुल्य रू.१७ लाख ३५ हजार ४ सय १७ रूपैया बराबरको बिल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना.५ ख १३०० नं.को यात्रु बाहक बसमा लोड गरेको ४२ प्याकेट पानुपुरी,९० किलो चिनी,२ सय किलो प्याज गरी अन्दाजी मुल्य रू. २१ हजार ७ सय २० रूपैया बराबरको बिल भरपाई फरक रहेको समान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया स्थित वीरगंजबाट नारायणघाट तर्फ जादै गरेको प्र.२–०३–००१ख १२१४ नं.को यात्रु बाहक बसमा लोड ग्यालेण्डरको चक्का २ कार्टुन अन्दाजी मुल्य रू.२० हजार रूपैया बराबरको बिल नरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै वीरगंजबाट नारायणघाट तर्फ जादै गरेको प्र.२–०३–००१ख २१४७ नं.को यात्रु बाहक बसमा लोड गरेको बिभिन्न कम्पनिको ७८ पिस मोबाइलको डिस्पले अन्दाजी मुल्य रू. २ लाख ३४ हजार रूपैया बराबरको बिल भरपाई नरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी जीतपुर सिमरा उप–महानरपालिका वडा नं.१ पथलैया स्थित वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३–००११ ख १८०८ नं.को बसमा लोड गरेको अन्दाजी ३ सय किलोको प्याज अन्दाजी मुल्य रू.१३ हजार ८ सय रूपैया बराबरको बिल भरपाई नभएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलिले जिल्लाको प्रसौनी गाँउपालिका वडा नं.५ गण्डक स्थित वीरगंजबाट कलैया तर्फ जादै गरेको ना ४ ख १९२ नं.को ट्रकमा लोड गरेको ५० किलोको ६ सय बोरा खाद्य (यूरिया मल) अन्दाजी मुल्य रू.५ लाख रूपैया बराबरको बिल भरपाई नभएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरी टोलिले बाराको आदर्शकोतवाल गाँउपालिका वडा नं.५ लौकाहा स्थित सिम्रौनगढवाट रौतहट तर्फ जादै गरेको ना.५६ प २०९२ नं. को मोटरसाइकल पछाडी लोड गरेको कारवाईट २५ किलोको १ टिना,लोटस पेन्ट १० किलो, पेन्टको वट्टा १० किलो र पलास्टिकको डोरी २९ किलो गरी अन्दाजी मुल्य रू.१७ हजार १ सय २०रूपैया बराबरको बिल भरपाई नभएको सामान प्रहरीले बरामद गरेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलिले जिल्लालो जीतपुर सिमरा उप–महानरपालिका वडा नं.९ नितनपुर चौक स्थित वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ५ ख १७५१ नं.को यात्रु बाहक बसमा लोड गरेको गाडीहरूको पंचर बनाउने विभिन्न किसिमको सामानहरू अन्दाजी मूल्य रू.१७ हजार ३ सय रूपैयाँ बराबरको बिल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरी टोलिले
जिल्लाको पचरौता नगरपालिका वडा नं.२ पिपरपाती स्थित भन्सार छली गरि ल्याउदै गरेको पाईन्टको कपडा ६ थान अन्दाजी मुल्य रू. ७० हजार रूपैया बराबरको बरामद गरेको छ ।

समान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds