तेसो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको महिला टोलि बीच मैत्रीपूर्ण खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ ।
शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा उसले निजगढ फुटबल क्लबलाई ५–० गोल अन्तरले हराएको हो ।
परवानीपुर खेल मैदानमा जारी प्रतियोगितामा पहिलो हाफको तेस्रो मिनेटमा वीरगन्जकी सजिता स्याङतानले पहिलो गोल गरिन ।
उनी म्यान अफ दी म्याच घोषित भइन् ।
उनलाई स्थानीय समाजसेवी हृदयनारायण यादवले नगदसहित शिल्ड हस्तान्तरण गरे ।
निजगढ फुटबल क्लबलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका युवा नेता लोकेश सिंहले शिल्ठ प्रदान गरे ।
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार हुने फाइनल प्रतियोगितामा हेटौडा फुटबल एकेडेमी मकवानपुर र वीरगन्ज युनाइटेड क्लब वीरगन्ज बीच हुनेछ ।
प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक तिवारी यादवले बताए ।
प्रतियोगिताको संयोजक सुबोध श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस बाराको क्षेत्र नम्बर–४ ख का सभापति लोकेश सिंह थिए ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता,जिल्ला अध्यक्ष दिपेन्द्र पटेल,नेविसंघका केन्द्रिय सदस्य बिकेश पटेल जिल्ला फुटबल संघका कोषाध्यक्ष विनोद गुप्ता लगायतको विशेष उपस्थिति थियो ।

