जसपा फुटेर बनेको नयाँ दलमा बाराबाट गुप्ता र साह केन्द्रीय सदस्य

साझेदारी दैनिक
साझेदारी दैनिक 153 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जनता समाजवादी पार्टी (जसपा) फुटाएर नयाँ दल बनेको अशोक राई नेतृत्वको पार्टीमा बाराका दुई जना केन्द्रीय सदस्यमा चयन भएका छन ।

अध्यक्ष राईको नेतृत्वमा प्रस्ताविज जनता समाजवादी पार्टीमा बारा संविधान साभा सदस्य प्रमोद गुप्ता र निवर्तमान प्रदेश सांसद पारस साह केन्द्रीय सदस्यमा मनोनित भएका छन ।

नयाँ पार्टीले सार्वजनिक गरेको केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको लिष्टमा गुप्ता र साहको पनि नाम रहेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा फुटाएर अध्यक्ष अशोक राईको नेतृत्वमा अर्को पार्टी गठन भएका हो ।

नव गठित पार्टीको संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठ,सहअध्यक्ष रेणु यादव तोकिएकी छिन ।

नयाँ दलमा नवल किशोर साह सुडी,रणध्वज लिम्बु,परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना उपाध्यक्ष छन् । सुशीला श्रेष्ठ अध्यक्ष अशोक राईकी श्रीमती समेत हुन् ।

महासचिवमा ईस्तियाक राई,उपहासचिवमा पर्साका प्रदीप यादव छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review