चर्को गर्मीकावीच भएको वर्षाले ल्यायो शितलता

साझेदारी दैनिक
294 पाठक संख्या

चर्को गर्मीकाविच लगातार दुई दिन परेको बषापानीले तराईका जिल्लाहरुमा शितलताको महसुस भएको छ ।

मधेस प्रदेशका सबै जिल्लाहरुमा मंगलबार र बुधबार दुई दिन बर्षा भएको छ । मौसममा परिबर्तन भई पर्सा बारा सहित मधेसका जिल्लाहरुमा पानी परेको हो ।

अत्याधिक गर्मीका कारण निकै कष्टकर जीवन विताईरहेका तराई मधेसका जनताले मँगलबार दिउँसो बुधबार पनि दिउँसो पानी परेपछि गर्मीले यहाँका स्थानीय हरुले राहत महसुस गरेका छन् ।

बितेको चैतदेखि नै निरन्तर रुपमा मधेसका जिल्लाहरुमा गर्मी बढदै गएको थियो । तराई मधेशमा झण्डै ४२ डिग्रीभन्दा माथी तापक्रम भईसकेको थियो ।

एका बिहानैदेखि लाग्ने चर्को घामका कारण अत्याधिक गर्मी भई मानिसहरुको चहल पहल बजारमा कम भएको थियो । तर मंगलबार दिउँसो मौसम चिसो भई पानी परेपछि पर्सा बारा सहित मधेसमा आम मानिस,किसानले बासीहरुले गर्मीबाट राहत महसुस गरेकाछन् ।

पानी नपर्दा मानिस हरुले गर्मीका कारण दैनिक कामकाज समेतं गर्न पाएका थिएनन् ।बच्चा देखि युवा वृद्ध समेत गर्मीले प्रभावित भएका थिए ।

Leave a review

This will close in 0 seconds