Sajhedari Daily
Latest News from Nepal

प्रभुको पिपिई सेट कलैया अस्पताललाई

बाराको कलैया स्थित प्रभु बैंक लिमिटेडले मंगलवार जिल्ला अस्पताल कलैयालाई पिपिई सेट हस्तान्तरण गरेको हो ।बैकका शाखा प्रबन्धक चन्दन प्रसाद गुप्ताले पिपिई सेट १० थान जिल्ला स्वास्थ कार्यालयका निरीक्षक तथा कोरोना रोगका फोकल पर्सन शंकर प्रसाद गुप्तालाई जिल्ला जनस्वास्थ्य कार्यलयमा गएर हस्तान्तरण गरेका थिए ।

क्वारेन्टाईनमा कोरोना पोजेटिभ संक्रमितको उपचारमा संग्लगन डाक्टर स्वास्थ्यकर्मी लगायतको लागि चाहिने अति आवश्यक पिपिई सेट बैकले उपलब्ध गराएकोमा कोरोना रोगका फोकल पर्सन गुप्ताले बैंकको कार्य सराहनिय रहेको बताए ।
यस्तो विषम परिस्थितीमा तीन तहको सरकारले गर्नुपर्ने कार्य बैकं समाजिक संघ संस्थाले सहयोग गरेको देखेर आफनो ज्यानको बाजी लगाएर उपचारमा संग्लगन स्वास्थ्यकर्मीको उच्च मनोवल बढाएको उनले बताए ।

बैंकका शाखा प्रबन्धक गुप्ताले बैकले विगतमा पनि धेरै समाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताए । यस्तो विषम परिस्थितीमा पनि आफनो ज्यानको पनि परवाह नगरि रात दिन कोरोना पोजेटिभ संक्रमितहरुको उपचारमा संग्लगनको पनि सुरक्षा गर्न हाम्रो दायित्व रहेको बताए ।

एउटा ज्यान बचाँउन अर्को ज्यान जोखिममा राख्न नमिल्ने भएकोले व्यतिmगत सुरक्षा सेट पिपिई अस्पताललाई दिएको उनले बताए । थोरै भएपनि हाम्रो सहयोग निरन्तर रहने प्रतिवद्धता समेत गरेका छन् ।

सोमवार मात्रै जिल्लाका विभिन्न स्थानिय तहमा ९२ जना संक्रमित भएका थिए । संक्रमितहरुको संख्या दिनहु घटनुको सट्टा बढदै जादाँ चिन्ता थपेको बताए । जिल्लामा ६ सय भन्दा बढि संक्रमितहरु थपिसकेका छन् । जसमध्ये २ सय भन्दा बढि निको भएर घर फर्किसकेका छन् । कोभिड १९ बाट जिल्लामा १० जनाको मृत्यु भईसकेको छ ।