कलैयामा जारी मेयर टी–२० कप आईतवार सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिकाको सहयोगमा कलैया क्रिकेट क्लब र बारा जिल्ला क्रिकेट संघले आयोजनामा उक्त प्रतियोगिता संचालन गरिएको हो ।
प्रतियोगितामा भारत मोतिहारीको योङ ११ ले मेयरले उपाधी जित हात पारेको छ । कलैयालाई सात विकेटले पराजित गर्दै मोतिहारीले जित निकालेको छ ।
कलैया स्थित सिद्धेश्वर खेल मैदानमा जारी उक्त प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको कलैयाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय २९ को लक्ष्य दिएको थियो ।
एक सय ३० रनको चुनौती सहित मोतिहारीले १९.३ ओभरमा तीन विकेट गुमाएर जित हात निकाल्न सफल भएको थियो ।
प्रतियोगितामा प्रथम हुने विजेता मोतिहारीलाई नगद ५० हजार र उपविजेता कलैयाले नगद रु २५ हजार प्राप्त गरेका छन । उनीहरुलाई कलैया नगरपालिकाका मेयर विनोद साहले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए ।
समापन समारोहमा नगर खेलकुद विकास समितिका अध्यक्ष एम समिउल्लाह,बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया, कलैया क्रिकेट क्लबका अध्यक्ष तसरुदिन मन्सुरलको सहभागिता रहेको थियो ।









