बाराको बारागढी गाउँपालिकामा सोमबार नीति कार्यक्रम तथा बजेट प्रस्तुत भएको छ ।
बारागढी गाउँपालिकाको गाउँसभाको पाँचौ अधिवेशनमा एक समारोहवीच गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उनले गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने नीति ल्याएका हुन् । स्वच्छ, सफा र सुन्दर बारागढी बनाउने लक्ष्य गाउँपालिकाले लिएको उनले जनाएका हुन् ।
गाउँपालिकाको स्थानीय शिक्षा पाठयक्रम तयार गरी लागु गरिने नीति रहेको छ ।शिक्षा नियमावली, शिक्षा नीति बहुभाषा शिक्षा निर्देशिका जस्तो कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन प्रवद्र्धन गरिने नीति गाउँपालिकाको रहेको छ ।
विद्यालय बाहिर रहेका र विचमै विद्यालय छोडने बालबालिकाहरुलाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनको लागि विशेष प्याकेज ल्याइएको छ ।
गाउँपालिकाले संस्कृति सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकालाई खुल्ला बहुसाँस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्दा बहुसाँस्कृतिक पहिचान र मोलिकता झल्किने वास्तुकला,मूर्तिकला,चित्रकला जस्तो प्रतीकहश्र निर्माण गरिने नीति गाउँपालिकाको रहेको छ ।
गाउँपालिका भित्र बोलिने विभिन्न जातजातिको मातृ भाषाको संरक्षण गर्दै त्यस्ता भाषाको लिपि तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति गाउँपालिकाले लिएको छ । यूवा तथा खेलकुद सम्बन्धी नीति अन्तर्गत खेलकुदको विकास गर्न विभिन्न खेलहरुको लागि खेलकुद मैदान लगायत खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरिने छ ।
जयसवालले लैगिंक समानता र सामाजिक समावेशिकरण सम्बन्धी नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेका छन् । स्वास्थ्य,आर्थिक विकास,कृषि तथा पशुपंक्षी सम्बन्धी नीति समेत उनले सो कार्यक्रममा सार्वजनिक गरेका छन् ।
सहकारी सम्बन्धी,सुचना तथा संचार सम्बन्धी,न्याय कानुन तथा मानव अधिकार प्रवद्र्धन सम्बन्धी नीति उक्त अवसरमा प्रस्तुत गरिएको छ । वन,वातावरण,जलवायु परिवर्तन तथा विपद व्यवस्थापन,खानेपानी तथा सरसफाई,भौतिक पूर्वाधार विकास सम्बन्धी नीति सो अवसरमा जयसवालले प्रस्तुत गरेका हुन् ।
राजस्व तथा आन्तरिक श्रोत परिचालन सम्बन्धी निित प्रस्तुत गरिएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी रायले उक्त अवसरमा अगामी आर्थिक वर्ष ०८१÷०८२ कोलागि वार्षिक अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।
सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महेश ठाकुरको रहेको थियो ।

