गत शुक्रवार चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर मृत्युु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्न र घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै रगन्जमा मंगलबार दीप प्रज्वलन गरिएको छ।
दीप प्रज्वलन कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी पूर्वउपमेयर शान्ति कार्की,कांग्रेस महाधिवेशन प्रतिनिधि मिन्टु सिंह,मनोजा चौधरी,सन्तोष सिंह,वडाध्यक्ष हिराकाजी महर्जन,कांग्रेसका युवा नेताहरु मनोहर साह,दिलीपराज कार्की,सरोज चौरसिया,बाबुनन्द पटेल,नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य साविर हुसैन,ओबीसी पर्साका अध्यक्ष देवनाथ महतो लगायतको पनि सहभागिता रहेको बताईयो ।


