चैसठ्ठी लाख अन्ठावन्न हजार दुई सय चौहत्तरी रुपैयाँ बराबरको ईलेक्ट्री सामान बरामद

संदिप प्रसाद यादव
345 पाठक संख्या

बारा प्रहरीले ६४ लाख ५८ हजार दुई सय ७४ रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा मंगलवार राति ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक त्रीभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलिले सो सामान नियन्त्रणमा लिएको हो । जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ७१६६ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको अवैध सामानहरु बरामद गरेको हो ।

ट्रकमा लोड रहेको सामानको सपोटीङ बिल नभएको र समानको स्रोत खुलाउन नसकेको इलेक्ट्रोनिक गुड,लिष्टिक र वाईरिङको सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उक्त अवैध सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बुधबार एक प्रेस जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds