बढदै आत्महत्याका घटना,एक बर्षमा चार सय बहत्तरीजनाले ज्यान गुमाए

राम मण्डल
407 पाठक संख्या

पर्सा,बारा र रौतहटमा पछिल्ला बर्षहरुमा आत्महत्याका घटनामा वृद्धि भएको छ ।

पछिल्लो तीन वर्षमा मधेसका यी तीन वटै जिल्लामा वितेको आर्थिक बर्ष ०८०/८१ मा चार सय ७२ जनाले आत्महत्या गरेका छन ।

यी तीनवटै जिल्लाका प्रहरीले दिएको तथ्यांक अनुसार बितेको आवमा सबै भन्दा बढी रौतहटमा एक सय ९१ वटा आत्महत्याको घटना भएको रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिईन् ।

बारामा बितेको आवमा एक सय ६३ जनाले आत्म हत्या गरी ज्यान गुमाएका छन । जिल्ला प्रहरीले दिएको तथ्यांक अनुसार जिल्लामा यस मध्ये सबै भन्दा बढी ६८ जना महिला,पुरुष ६४,बालिका २४ र सात जना बालकले आत्महत्या गरेका छन ।बारामा अघिल्लो आर्थिक बर्ष ०७९/८० मा भने महिला ४७ जना पुरुष ४६,बालिका २० जना र आठ जना बालकहरु गरि एक सय २१ जनाले अत्महत्या गरेका थिए ।

पर्सा जिल्लामा भने बितेको आव ०८०/८१ मा भने एक सय १८ जनाले आत्महत्या गरेको पर्सा प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार एक सय १ जना झुण्डिएर र बिष सेवन गरि १७ जनाले आत्महत्या गरेका छन ।यस अवधिमा ४८ जना पुरुष,४३ महिला,बालक १४ र १३ जना बालिकाहरुले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

पर्सामा भएको आत्महत्याका घटनाहरुमा एक सय १ जनाले झुण्डिएर र १७ जनाले बिष सेवन गरेका छन ।मानसिक तनाव,पेशामा असफलता,असफल प्रेम समबन्ध,पारिवारिक तनाव जस्ता समस्याले गर्दा मानिसहरुले आत्महत्या गर्ने गरेको सरोकारवालाहरु बताउँछन ।लामो समयको मानसिक समस्या बढदै गएर उपचार नगराउनाले पनि मानिसहरुले आत्महत्याको बाटो रोज्ने गरेको मानसिक चिकित्सकहरुको भनाई छ ।

Leave a review