पर्सा प्रहरीद्वारा ट्रकलाई लिइयो नियन्त्रण

साझेदारी दैनिक
230 पाठक संख्या

वीरगञ्ज : पर्सा प्रहरीले ४८ लाख ५६ हजार ४ सय ३१ बराबरको खुद्रा तथा कपडाहरु लोड रहेको ट्रकलाई नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–८ घण्टाघर चोकमा ना.३ ख ७९१० नम्बरको मालबाहक ट्रकलाई प्रहरीले जाँच गरेको थियो।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको उक्त ट्रकमा बिल बिजक भन्दा बढीको सामान लोड रहेको पाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।

सामान सहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।

Leave a review