निजगढ : उमेश घलन / बाराको निजगढमा रहेको सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५औं वार्षिक साधारण सभा (रजत वर्ष) को अवसरमा वृहद खुल्ला रक्तदान सम्पन्न गरिएको छ ।
निजगढ–९ शहीदचोक क्षेत्रमा आईतबार सम्पन्न भएको उक्त कार्यक्रममा १२ महिलासहित ६३ जनाले रक्तदान गरेको छ । कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विद्यालयका शिक्षाक शिक्षिका सहकारी सदस्य र सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए ।
सहकारीले ‘सामुदायिक सेवा अभियान’ अन्तर्गत उक्त रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र, वीरगंज–पर्साले प्राविधिक सहयोग प्रदान गरेको थियो । रक्तसञ्चार केन्द्रका प्राविधिक टोलीले रक्तदाताहरुलाई रक्तदानपछिको स्वास्थ्य सल्लाह र जानकारीसमेत गराईएको सहकारीले जनाएको छ ।
सगरमाथा साकोसका अध्यक्ष भोलाप्रसाद गौतमका अनुसार सहकारीले रजत वर्षको अवसरमा हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला, आँखा परीक्षण तथा रक्तदान कार्यक्रम जस्ता विविध सामाजिक गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

