आजपाका नेता विजय यादव निर्विज भारतको गुजरातमा भारतीय नेताहरुसँगको भेटघाटमा भए व्यस्त

साझेदारी दैनिक
390 पाठक संख्या

कलैया: पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपाका) स्थाई कमिटी सदस्य विजय यादव निर्विज भारतको गुजरात राज्यमा भारतीय नेताहरुसंग भेटघाटमा व्यस्त भएका छन्।

उनले गुजरातको ग्रामीण विकास,श्रम र रोजगार कैबिनेट मंत्री बलवंतसिंह राजपूतसंग शिष्टाचार भेटघाट गरेका छन्।

गुजरातको राजधानी अहमदावादस्थित मन्त्रीको कार्यालय भवनमा उनले भेटघाट गरेका हुन्। भेटघाटमा दुई देशबीचको धार्मिक,सांस्कृतिक,पर्यटन,आर्थिक विकास सम्बन्धलाई प्रगाढ़ बनाउनुको साथै गुजरातमा रहेका नेपाली श्रमिकको सम्मान र सुरक्षाको विषयमा सहयोग लगायतका विषयमा उनले कुराकानी गरेका हुन्।

भेटघाटमा आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जयसवालले समेत सहभागि रहेका थिए। भेटघाटमा ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मंत्री ह राजपूतले नेपालका पूर्व मंत्री प्रभु साहको नेतृत्वको आम जनता पार्टीले अपनाएको बिचारधाराको सराहना गरे। उनले निकट भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता गरे ।

केही दिन अगाडि मात्रै स्थाई कमिटी सदस्य विजय यादव निर्विजको प्रमुख आतिथ्यमा भारतको मुम्बईमा आम नेपाली एकता समाजको बिशेष बैठक भएको हो।

समाजसेवी शेख इरसादको अध्यक्षतामा सो बैठक भएको थियो। नेपालका बिभिन्न ठाऊबाट मुंबई,नयाँ दिल्ली,लगायतका सहरहरूमा काम गर्ने नेपालीहरुको सम्मान एवं सुरक्षाको लागी आजपा अध्यक्ष मा. प्रभु साह प्रमुखको उपस्थितिमा चाडै बृहत् भेलाले गर्ने पूर्व मन्त्री प्रभु साहको स्वकय सचिव समेत रहेका निर्विजले साझेदारी दैनिकलाई बताए।

Leave a review