घुर ताप्ने क्रममा आगोले जलेर एकसातामा दुई बृद्ध महिलाको मृत्यु

साझेदारी दैनिक
173 पाठक संख्या

कलैया : बिगत दुई हप्ताको अवधीमा घुर ताप्ने क्रममा आगोले जलेर बारामा दुई बृद्ध महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ७ बन्जरियामा निवासी स्व सुरज साह कानुको ७५ बर्षिय श्रीमति रजिया साह कानु र कलैया उपमहानगरपालिका वडा नम्बर १७ निवासी ८५ बर्षिया सुगिया देवी रहेकी जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

माघ ६ गते आईतबार बिहान आफ्नै घर अगाडी परालको घुरमा आगो ताप्ने क्रममा आगोले जलेर रजिया गम्भिर घाईते भएकी थिईन । उनको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल कलैयामा भएपछि थप उपचारको लागि लागी नारायणी अस्पताल बिरगंज पर्सा रिफर गरिएको थियो ।

नारयाणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचार हुन नस्केपछि थप उपचारको लागि काठमाण्डौ लग्ने क्रममा आईतबार राति मृत्यु भएको हो । आगोले जलेर गत पुस २४ गते बुधबार दिउँसो ८५ बर्षिया सुगिया गम्भिर घाईते भएकी थिईन ।

उनलाई उपचारको लागि काठमाण्डौ लगिएको थियो । जाडोको बेलामा आगो तापने क्रममा सावधानी नअपनाउदा प्रत्येक बर्ष मानिसहरु आगोले जलेर घाईते हुने गरेका छन । प्रादेशिक अस्पताल कलैयामा बर्न वार्ड नहुदा आगोले जलेर घाईते हुने बिरामीहरुको उपचारमा समस्या हुने गरेको छ ।

Leave a review