Sajhedari Daily
Latest News from Nepal

जीतपुरबाट प्रहरीले १ सय ४७ किलो गाँजा सहित ट्रक नियन्त्रणमा

Top Aside Banner

रञ्जन यादब/
बाराको ईलाका प्रहरी कार्यालय जीतपुरले बुधवार १ सय ४७ किलो गाँजा सहित ट्रकलाई नियन्त्रणमा लिईएको छ ।
बुधवार बिहान करिब ३ बजे चेकजांच गर्ने क्रममा साँत वटा बोरामा १४ वटा प्याकेटमा गाँजा सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी नायब निरीक्षक देव बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले पथलैया बाट बिरगंजतर्फ आउदै गरेको ना ७ ख ९५५४ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको थियो ।

चालक र सहचालक भने ट्रक छाडेर फरार रहेको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक चन्दले जानकारी दिएका छन । नियन्त्रणमा लिएको ट्रकलाई जिल्ला प्रहरी कार्यालय बारा पठाईएको छ भने चालकको खोजी कार्य भईरहेको ईप्रका जीतपुरले जनाएको छ ।