जीतपुरसिमरा उवा संघद्वारा होली मिलन समारोह सम्पन्न

रञ्जन यादव
525 पाठक संख्या

जीतपुर :जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघद्वारा आयोजित होली मिलन समारोह बुधबार सम्पन्न भएको छ ।

समारोहमा महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल,मधेश प्रदेश अध्यक्ष अशोक कुमार टेमानी,केन्द्रीय कार्यकारिणी सदस्य डा. सुबोध कुमार गुप्ता,प्रदेशका निवर्तमान अध्यक्ष गणेश कुमार लाठ,पदाधिकारी सदस्यहरू,सल्लाहकारहरू,बस्तुगत समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जीतपुरसिमरा नगर उद्योग बाणिज्य महासंघका अध्यक्ष मोहन शर्मा लामिछानेले गरेका थिए । उपस्थित सबैले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै उत्साहपूर्वक सहभागिता जनाए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले यस किसिमका कार्यक्रमहरू सामाजिक तथा व्यावसायिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण रहने बिश्वास लिएको छ ।

Leave a review

This will close in 0 seconds