कलैया : हिन्दुहरुरको विशेष पर्वको रुपमा रहेको फागु पूर्णिमाका दिन मनाईने होली पर्व नेपालमा हर्सोल्लाहका साथ मनाईदै छ ।
होली पर्व नेपालमा भने दुई दिन मनाउने गरिन्छ । विहीबार देशका पहाडी र हिमाली जिल्लाहमा हर्षोल्लासका होली पर्व मनाएका छन । हिमाली र पहाडी जिल्लाहरुमा एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर हली पर्व मनाइएको हो ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन नै फागु पूर्णिमा अर्थात होली पर्व मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङहरु एकआपसमा लगाएर,लोला खेलेर यो पर्व मनाइने गरिन्छ।
यता तराईका जिल्लाहरुमा भने होली पर्व भोलिपल्ट यो पर्व मनाउने चलन छ । तराई मधेसका जिल्लाहरुमा आज शुक्रवारका दिन होली पर्व मनाउने तयारीमा छन ।
फागुपुर्णिमा अर्थात होली पर्व मनाउनुको किम्मदन्ती अनुसार फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको हो ।
यसैगरी फागु पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । विहीबार हिमाली र पहाडी गरी ५६ जिल्लामा सरकारले सार्वजनिक बिदा दिइएको थियो । भने तराइका २१ जिल्लामा शुक्रवार बिदा दिइएको छ ।

