पर्सामा परिक्षणको दायरा बढेपछि संक्रमित पनि बढे,२ सय ६६ स्वाब परिक्षण गर्दा ३१ जनामा सँक्रमण

साझेदारी दैनिक
साझेदारी दैनिक 215 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
पर्सामा परिक्षणको दायरा बढेपछि संक्रमितको संख्या पनि बढेको छ । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परिक्षणमा शनिवार थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण देखिनेमा पर्साका ३१ जना र बाराका ३ जना रहेका छन । पर्साबाट २ सय ६६ जनाको स्वाब संकलन गरि परिक्षण गरिएकोमा ३१ जनामा र बारामा २२ जनाको परिक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिनेमा ११ बर्षका बालकदेखि ५५ बर्ष उमेर समुहका रहेका छन ।

वीरगञ्ज आर्मी ब्यारेकका १४ जना, आदर्श रंगशालाका १० जना, वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २, ११ र २२ एक–एक जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिएका छन । यस्तै बहुदरमाई नगरपालिकाका तीन र पकहा मैनपुर गाउँपालिकामा एक जनामा संक्रमण देखिएको छ ।

यसैगरी बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकमा वडा नम्बर एक जना,निजगढ नगरपालिका वडा नम्बर ९ मा एक र कलैया उपमहानगरपालिका २ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review