जीतपुरसिमराले मनायो विश्व बाताबरण दिवस मनायो

रञ्जन यादव
272 पाठक संख्या

बिबिध कार्यक्रम गरी जीतपुरसिमरा उपमहानगरपालिकाले विश्व बातावरण दिवस मनाएको छ ।

उपमहानगरपालिकाको बातावरण तथा विपद् ब्यस्थापन शाखाले वृक्षारोपण,सरसफाई तथा बिरुवा वितरण गरेर बातावरण दिवस मनाएको शाखा प्रमुख ई. पुष्पा सिँहले जानकारी दिइन् ।

वडा नं.३ को सिमरा बजार र नेरा मा.बि.छातापिरा सरसफाई गरेर र श्री फकिरा गिरी राजेश्वर गिरी मा.बि. मा बृक्षारोपण तथा बिरुवा बितरण गरेर बाताबरण दिवस मनाईएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख राजन पौडेल र वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताले संयुक्त रुपमा बिद्यालयको प्राङ्गनमा बृक्षारोपण गरेका हुन् ।

Leave a review