राष्ट्रिय विज्ञापन संघ नेपालको सचिव पदमा नेपाल मिडिया हाउसका निरौला निर्विरोध निर्वाचित

साझेदारी दैनिक
1.7k पाठक संख्या

काठमाण्डौं । राष्ट्रिय विज्ञापन संघ नेपालको सचिवमा सञ्चारकर्मी तथा सञ्चार उद्यमी नवराज निरौला निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रिय विज्ञापन संघ नेपालको पहिलो महाधिवेशनबाट प्रदिप प्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

मिडिया सोलुसन प्रालिका कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको संघको अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

संघको प्रथम उपाध्यक्षमा सिटी एक्प्रेस मिडिया प्रालिका अमृतकुमार पन्थी,द्धितिय उपाध्यक्षमा एड चौतारीका आशिष खड्का,महासचिवमा मिडिया जर्नलमा बिमल खड्का,सचिवमा नेपाल मिडिया हाउस प्रालिका नवराज निरौला,कोषाध्यक्षमा स्मारिका टेडर्स प्रालिका अरुण आर्याल र सहकोषाध्यक्षमा सिगास मिडिया हव प्रालिका चन्द्रकान्ता अवस्थी सर्वसम्मत रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदिप सत्यालले जानकारी दिए ।

सदस्यहरुमा स्वार्गद्धवारी मिडिया प्रालिका बसन्त योगी,डच मिडिया प्रालिका रवि अर्याल,एमबिसस मिडिया प्रालिका राधाकुमारी ढकाल रोजी,प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी,के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई,पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेश्नल डिया सर्भिस प्रालिका अदिप पाठक निर्वाचित भएका छन् ।

संघको प्रथम महाधिवेशनको संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले उदघाटन गरेका थिए ।

निरौला नेपाल मिडिया हाउसका अध्यक्ष तथा टुडे दैनिकका सञ्चालक समेत हुन् ।

लामो समय रेडियोमा सक्रिय रहेका निरौलाले नेपाल मिडिया हाउस मार्फत एक दशक देखि विज्ञापन एजेन्सी सञ्चालन गर्दै आई रहेका छन् ।

रेडियोमा काम गर्दागर्दै तराईबाट काठमाडौं प्रवेश गरेका निरौलाले यस क्षेत्रमा सफल ब्यवसायी हुन् ।

Leave a review

This will close in 0 seconds