कोल्हवीमा खानेपानी,सरसफाइ तथा स्वच्छता योजना समीक्षा एवम् वित्तीय रणनीति तर्जुमा कार्यशाला कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
408 पाठक संख्या

कोल्हवी :धिरेन्द्र पनुहर / बाराको कोल्हबीमा खानेपानी,सरसफाइ तथा स्वच्छता योजना समीक्षा एवम् वित्तीय रणनीति तर्जुमा कार्यशाला गोष्ठी भएको छ।

कोल्हबी नगरपालिकाको आयोजना तथा युनिसेफको सहकार्यमा यहाँस्थित रोज उड होटेल प्रा लि मा बुधबार सो कार्यशाला सम्पन्न भएको हो। कार्यक्रमका सभापति कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका हुन्।

कार्यक्रममा अन्नपूर्णा मिश्रले कोल्हबी नगरपालिकाको हरेक वडामा रहेको खानेपानी,शौचालय र सरसफाइको अवस्थाको बारेमा प्रशिक्षण मार्फत जानकारी गराउनु भएको थियो।

कोल्हबी नगरपालिकाको हरेक वडामा रहेको शौचालयको संख्या र कति जनाले शौचालय प्रयोग गरिरहेका छन त्यसको बिस्तृत तथ्यांक दिइएको थियो। अहिले पनि मदेश प्रदेशमा १५ प्रतिशत मान्छेहरू खुला दिशा पिसाब गरिरहेका अवस्था रहेको जानकारी सो अवसरमा दिइएको थियो।

कार्यक्रम मार्फत कोल्हबी नगरपालिकाको वडा न १ देखि ११ सम्मका वडा अध्यक्षहरुले आ –आफ्नो वडामा रहेको खानेपानी तथा सरसफाइ सम्बन्धि समस्या तथा त्यसको समाधान बारेमा बिस्तृत छलफल गरेका थिए। प्रत्येक वडामा आर्थिक बर्ष २०८२/८३ को लागि सरसफाइ र खानेपानी शिर्षकमा बिनियोजन गरेको बजेटको बारेमा जानकारी गराइएको थियो।

कार्यक्रम नगर उप प्रमुख लक्ष्मी कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल,१ का वडा अध्यक्ष राजहरण चौधरी,२ का अध्यक्ष गोपालप्रसाद अधिकारी,३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,४ का अध्यक्ष बिष्णु प्रसाद मैनाली,५ का अध्यक्ष नन्दकिशोर चौधरी,६ का अध्यक्ष दिनेश प्रसाद चौधरी,७ वडा सदस्य सीता सहनी,८ का अध्यक्ष अनुप सुवेदी,९ का अध्यक्ष दलबहादुर चौधरी,१० का अध्यक्ष कुन्जबिहारी चौधरी,११ का वडा अध्यक्ष नन्दकिशोर चौधरी,कार्यपालिका सदस्य राजकुमार दास,कपिलदेव ठाकुर,जयनारायण सिंह,रनिया देवि चौधरी,मैनामती दर्जी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

मनोज चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य खानेपानी तथा सरसफाइ शाखा कोल्हबीका प्रमुख देव नारायण चौधरीको रहेको थियो।

Leave a review