Sajhedari Daily
Latest News from Nepal

तीन जिल्ला जोड्ने पिपलटार झोलुंगे पुल संचालनमा

नवराज चौलागाईं /
निजगढ नगरपालिका वडा नम्बर ३ को पिपलटार तीन जिल्ला जोड्ने झोलुंगे पुल संचालनमा आएकोछ ।बारा,रौतहट र मकवानपुर जिल्ला जोड्ने पुलको शनिवार एक कार्यक्रमवीच निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले उद्घाटन गरेका छन ।

वीरगन्जको आदर्श जनसेवा युवा क्लव समन्वयमा ट्रायल ब्रीज सपोर्ट युनिट हेल्भेटास र निजगढ नगरपालिकाको लगानीमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो ।

एक सय २९ मिटर लम्बाई र चार फिट चौडाई रहेको पिपलटार झोलुङ्गे पुल एक करोड आठ लाख रुपैयँ लागतमा निर्माण सम्पन्न भएको पिपलटार झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष मानबहादुर योन्जनले बताएका छन ।

उघाटन कार्यक्रममा वोल्दै मेयर खनालले नागरिकको आवतजावतमा सहजताका लागी नगरपालिकाले नगरका अन्य नदि र बिकट क्षेत्रहरुमा थप झोलुङ्गे पुल निर्माणका लागी आवश्यक कामहरु भईरहेको बताएका छन ।

मेयर खनालले वडा नम्बर ३ को बगर खोला र वडा नम्बर १० को लाल खोलामा झोलुङ्गे पुल निर्माण कार्य भईरहेको बताए ।
आवतजावतमा सहजतासङ्गै तराई क्षेत्रमा झोलुङ्गे पुलले पर्यटकिय गतिविधि वृद्धि गर्नको लागी पनि सहयोग पुग्ने मेयर खनालले जनाए ।