Sajhedari Daily
Latest News from Nepal

नेकपामा मारपिट मात्र होईन, अब एक अर्कालाई सिध्याउने खेल सुुरु भयोः मन्त्री सोनल

रञ्जन यादब /
बारामा जनता समाजवादी पाटी जीतपुुरसिमरा नगर कमिटीले जीतपुुरमा दशै ,दिपावली एवँ छठको अवसरमा शुुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुुभकामना अदानप्रदान कार्यक्रमको उदघाटन प्रदेश नं.२ का भौतिक पुुर्बधार मन्त्री जितेन्द्र सोनलले गर्नुुभएको छ । उद्घाटन कार्यक्रममा बोल्नुु हुुँदै मन्त्री सोनलले अहिलेको सरकार जनताको हकहितमा लाग्नुुभन्दा आफनो आन्तरिक कलह समाधानतर्फ ब्यवस्त रहेको आरोप लगाउँनुुभएको छ ।

मन्त्री सोनलले नेकपालाई अरुलाई सिध्याउनुुु भन्दा आफै कलहमा लागेर सिधिने बताएका छन । उनले नेकपामा मारपिट मात्र होईन , अब एक अर्कालाई सिध्याउने खेल चलिरहेको बताए ।

सबै बर्गहरुको पहिचान र समावेसिता समावेश भएको एक मात्र पार्टी जनता समाजवादी पार्टी भएको जिकीर गर्दै जसपाका नेता समेत रहेका सोनलले बताए । कार्यक्रममा रेडिमेड ब्यवसायी संघका अध्यक्ष प्रकाश गिरीले मन्त्री सोनल लगायत अतिथिहरुलाई फुुलमाला र गम्छाले स्वागत गरेका थिए ।

जसपाका नगर संयोजक शिवजी साह सोनारको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य एकवाल मिया ,जसपाका केन्द्रिय सदस्य गणेशजी प्रसाद साह ,बिद्यायकका प्रत्यासी घनश्याम गिरी ,समाजसेवी अफताब आलम,जसपाका भरत भण्डारी, राजाराम साह, जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.८ का वडा अध्यक्ष रामबाबुु पटेल, वडा नं.१० का वडा अध्यक्ष सरोज पटेल लगायतको सहभागिता रहेको थियो ।

Comments are closed.

error: Content is protected !!