प्रगतिशील प्राध्यापक सङ्गठनको अध्यक्षमा दहाल निर्वाचित

रञ्जन यादव
250 पाठक संख्या

जीतपुर : नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको मधेस प्रदेश नेतृत्वमा गौरीशंकर क्याम्पस, निजगढका प्राध्यापक शान्तबहादुर (सागर) दहाल निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न तेस्रो मधेस प्रदेश अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मविव क्याम्पस राजविराजका मानसकुमार अधिकारी र जनता बहुमुखी क्याम्पस बर्दिवासका हरिप्रसाद खनाल चयन भएका छन्। सचिवमा सिरहा क्याम्पसका विनोद यादव, कोषाध्यक्षमा रा.रा.प्र. क्याम्पस जनकपुरका रामहृदय मण्डल र सहसचिवमा आरआरटिजेएसी गोलबजारका दिनेशकुमार यादव निर्वाचित भए ।

नयाँ कार्यसमितिमा बाराको बकुलिया क्याम्पसकी लक्ष्मी खरेल, आरजेयु क्याम्पस जनकपुरका शम्भु पोखरेल, जनकहजारी विद्यापिठका गोबिन्द दिक्षित, श्यामकुमार महत्तो, ईश्वरदेव ठाकुर, महेश चौधरी, सञ्जयभक्त श्रेष्ठ, देवनारायण मण्डल र सुमित अधिकारी सदस्य रहेका छन्।

यसअघि अधिवेशनको उद्घाटन नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वकृषिमन्त्री ज्वाला साहले पानसमा पत्ती बालेर गरेका थिए। कार्यक्रममा केन्द्रीय अध्यक्ष डा. पद्मप्रसाद खतिवडा, महासचिव सुमन खरेल, शिक्षा तथा मानव स्रोत विभागकी इन्चार्ज पार्वती रावलसहित विभिन्न नेता तथा अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्षता संगठनका मधेस प्रदेश इन्चार्ज किशोर साहले गरेका कार्यक्रममा, स्वागत मन्तव्य केन्द्रीय सदस्य किशोर शर्माले र संचालन नवनिर्वाचित अध्यक्ष सागर दहालले गरेका थिए।

Leave a review