जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा एक दिने छैठो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।
सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था,रजघट्टा लिमिटेडको आयोजना र बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा भएको कार्यशालामा सहकारीहरुलाई जोखिममा आधारित सहकारी सुपरिबेक्षण सम्बन्धि छलफल गरिएको थियो ।
कार्यक्रममा सहकारी संघ पदाधिकारीहरुले शहर र नेतृत्व केन्द्रीत सहकारीहरु बदनामीका कारण ग्रामिण क्षेत्रका सरकारी समेत बदनाम भईरहेको प्रति चिन्ता ब्यक्त गरेका छन ।
कार्यक्रममा बोल्दै बक्ताहरुले देशमा रहेको केन्द्रय,प्रदेश र स्थानीय सरकारको सहकारीहरु प्रति गरिने ब्यबहार सहकारीमैत्री नभएको बताएका छन।
कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर,बरिष्ठ उपाध्यक्ष राजु अधिकारी,महिला उपाध्यक्ष कोपिला सिमखडा,आयोजक संस्थाका अध्यक्ष सोभा केसी,संञ्चारकर्मी विदुर खडका लगायतले संम्बोधन गरेका थिए ।
कार्यक्रममा जिल्लाको बरियारपुर,कलैया,निजगढ,सिमरा औराहा गरि ७ वटा बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक,अध्यक्ष र कर्मचारीहरु गरि ३५ जनाको सहभागिता रहेका जनाईएको छ ।


