पथलैया । जलेश्वर महादेव मन्दिर धार्मिक पर्यटकीय स्थल जीतपुरसिमरा १६ स्वाभिमान बस्ती (कतर्वा)काे साताै वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
२०२८ सालमा स्थापना भएकाे जलेश्वर महादेव मन्दिरलाई स्थानीय, दाताहरू,सराेकारवाला, बिशिस्ट चन्दा दाताकाे सहयाेगमा धार्मिक पर्यटकीय स्थलकाे रूपमा रूपान्तरण गरेर आज सातौं वार्षिक साधारणसभा भएकाे धार्मिक पर्यटकिय स्थलकाे संस्थापक अध्यक्ष दुर्गाप्रसाद शिवाकोटीले बताउनुभयाे ।
युवा संचारकर्मी गणेशराज रिजालकाे पहलमा तत्कालीन जिल्ला वन कार्यालय बाराका प्रमुख मन बहादुर खड्काकाे आर्थिक,प्राविधिक सहयाेगमा करिव १० हेक्टर वन क्षेत्रलाई धार्मिक वनकाे रूपमा जलेश्वर महादेव मन्दिरलाई संरक्षणकाे जिम्मा दिदै त्यस क्षेत्रमा आँप,लिच्ची,कटहर,रक्तचन्दन,रूद्राक्ष,श्रीस,मसलाकाे विरूवाहरू राेपी संरक्षण गर्दै आएकाे क्षेत्रलाई अहिले हरभारा हुँदै गएकाेमा सबैले तत्कालीन प्रमुख खड्काकाे मुक्त कण्ठले प्रशंसा गरेका थिय ।
साे क्षेत्रमा तत्कालीन भु संरक्षण कार्यालय बाराले जलाधार क्षेत्र संरक्षणका लागि खनिएको पाेखरीबाट समेत आय आर्जन हुन लागेपछि पर्यटकिय स्थललाई थप आर्थिक सहयाेग समेत पुगेकाे छ ।
समाजसेवी नवराज रिमालकाे पहलमा भु संरक्षण तथा जलाधार कार्यलय राैतहटकाे आर्थिक तथा प्राविधिक सहयाेगमा निर्माण भएकाे पाेखरीले समेत धार्मिक पर्यटकीय स्थललाई रमणीय बनाएकाे अध्यक्ष राजनप्रसाद रिमालले बताए । जलेश्वर महादेव मन्दिर धार्मिक पर्यटकिय स्थलमा ९४ जना आाजीवन सदश्य र ३४ जना साधारण सदश्य रहेका छन ।
साताै वार्षिक साधारणसभामा विशिष्ट अतिथि जीतपुर सिमरा उमनपा १६ का सदश्य साेममाय रिमाल,हेमबहादुर बुर्जामगर,पुर्व वडा अध्यक्ष केदारनाथ बजगाई,जलेश्वर टाेल सुधार समितिका अध्यक्ष पाण्डु सापकाेटा,रामजानकी मठ बदाफरका अध्यक्ष बिनाेद चाैधरी,श्री नेपाल राष्ट्रिय आधारभुत विधालयका अध्यक्ष बृजकिशाेर महताे लगायतकाले साधारणसभाकाे सफलताको शुभकामना मन्तब्य राखेका थिए ।
स्वागत मन्तब्य पुर्व अध्यक्ष दुर्गाप्रसाद शिवाकोटीले गर्नुभएको थियाे भने कार्यक्रम संचालन संचारकर्मी गणेशराज रिजालले गरेका थिए ।

