बारामा पचास हजार बराबरको पटाका बरामद

साझेदारी दैनिक
327 पाठक संख्या

कलैया। बारा प्रहरीले ५० हजार बराबरको पटाका एक बसबाट बरामद गरेको छ।

प्रहरी चौकी बरियारपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सिकिन्द्र साहको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार सो पटाका बरामद गरेको हो।

बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं.१ स्थित रहेको प्रहरी कार्यालय अगाडी सिम्रौनगढबाट काठमाण्डौ तर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ ख ३१२९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गरेको हो।

उक्त बसको डिकीमा राखिएको सुटकेस भित्र लुकाई छिपाई राखेको अबैध बिभिन्न किसिमको अन्दाजी मुल्य रू. पचास हजार रुपैयाँ बराबरको प्रतिबन्धित पटाका (१६ सोह्र बन्डल) प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त पटाकालाई बरामद गरि आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds