Sajhedari Daily
Latest News from Nepal

दोस्रो भेट्रान कपमा सोमवार सिमरा र जैतापुर टिम विजयी

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी दोस्रो भेट्रान कपमा सिमरा र जैतापुर विजयी भएको छन ।
गैरी टोल खेल मैदानमा सोमवार भएको पहिलो खेलमा कोल्हवी भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै सिमरा विजयी भएको हो । पहिलो हाफ एक एकको बराबरीमा सकिएको थियो ।

पहिलो हाफको ५औ मिनेटमा कोल्हवीको लागी जर्सि नम्बर ७ का शिवचन्द्र चौधरीले एक गोल गरेका थिए । सिमराको लागी पहिलो हाफको ७औ मिनेटमा जर्सि नम्बर १० का सुनिल राउत कुर्मीले एक गोल गरेका थिए ।

यसैगरी दोस्रो हाफको १९औ मिनेटमा पनि सिमराका लागी जर्सि नम्बर १० का कुर्मीले नै थप एक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत सिमरा भेट्रानका सुनिल राउत कुर्मी म्यान अफ द म्याच घोषित भए । यसैगरी सोमवार नै भएको दोस्रो खेलमा जैतापुर भेट्रान विजयी भएको छ ।

विकाशशिल भेट्रानलाई ४–३ गोल अन्तरले पराजित गर्दै जैतापुर भेट्रान विजयी भएको आयोजक क्लबले जनाएको छ । निर्धारित ४० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । सो खेलको म्यान अफ द म्याच जैतापुरका गोलरक्षक नवराज श्रेष्ठ घोषित भए ।

म्याद अफ द म्याचको उपचार सहयोग गरेका जुक्तबहादुर लामा र वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले संयुक्त रुपमा उपहार प्रदान गरेका थिए । विजयी भएको सिमरा भेट्रानले अब मंगलवार बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी आज भएको प्रतियोगिता अन्तरगतको मंगलवारको खेल मकवानपुर भेट्रान मकवानपुर र विरगञ्ज युथ एकेडेमी भेट्रानबिच दिउसो २ बजे पहिलो खेल हुनेछ भने दोस्रो खेल दिउसो ३ बजे आयोजक हुलास फुटबल क्लब र डुमरवाना भेट्रानबिच हुने अयोजक क्लबले जनाएको छ ।