जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ नयाँबस्ती डुमरबानामा एक मृत बँदेल बेवारिसे अवस्थामा फेला परेको छ।
करिब दुई वर्ष उमेरको देखिने उक्त बँदेलको तौल करिब ६० किलो र लम्बाइ २.५ फिट रहेको जनाइएको छ। पेटको मोटाइ करिब ३ फिट रहेको उक्त बँदेललाई डिभिजन बन कार्यालय बाराको पर्खालभित्र रहेका नर्सरी नजिकै खाडल खनेर गाडिएको हो।
मृत बँदेललाई गाड्ने कार्यमा स्थानीयवासी, प्रहरी, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिती रहेको थियो। मृत बँदेलको कारणबारे भने थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

