अमेरिकी संस्था ‘माँ’ द्वारा जमुनिया सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

साझेदारी दैनिक
269 पाठक संख्या

सिम्रौनगढ : नूर आलम बादशाह/ पठनपाठनमा टेवा पु-याउने उद्देश्यले मधेशी एशोसिएसन ईन अमेरिका (मा) केन्द्रीय कमिटीको सहयोगमा बाराको एक विद्यालयका विद्यार्थिलाई झोला वितरण गरिएको छ। विद्यालय ब्यवस्थापन समितिको समन्वयमा विद्यार्थीहरुलाई बाराको आदर्श कोतवाल गाउँपालिका १ जमुनिया स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमविच झोला वितरण गरिएको छ।

झोला वितरण कार्यक्रममा संस्थाको तर्फबाट प्रमुख अतिथिको रूपमा पूर्व प्रधानाध्यापक तथा जिल्ला शिक्षक संघ बाराका पूर्व कोषाध्यक्ष पचरौता–५ का समाजसेवी केदार बैठा आएका हुन्। बैठा मधेशी एसोसिएशन ईन अमेरिका संस्थाका केन्द्रीय उपाध्यक्ष सुभास कुमार बैठाका पिता हुन्। उनले यस कार्यक्रमले विद्यार्थिलाई पढन प्रेरणा मिल्ने जनाए।

उनले यसले ‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने जनाए। हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको उनले जनाए। यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास उनले व्यक्त गरे। बालबालिकाहरुलाई अग्रगामी बनाउन यस्ता कामले सहयोग गर्ने उनले जनाए।

यसले सामाजिक, आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि झोला सहयोग गरिएको जनाइएको छ। संस्थाका अध्यक्ष मनोज सिंहले एकता र भावनात्मक रूपमा अडिग रहन आवश्यक रहेको उनले जनाए। शिक्षा, स्वास्थ्य, संस्कृति, कृषि र सामाजिक विषयलाई विकासमा रूपान्तरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता रहेको उनको कथन थियो।

शिक्षाको गुणस्तर सुधार हुन आवश्यक रहेको छ। देशमा दक्ष जनशक्तिको उत्पादन आवश्यक रहेको छ। यस कार्यमा हामी सबैले जुटेर काम गर्नुपर्नेमा जोड़ दिए। सहयोगी संस्थाका प्रवक्ता प्रमोद गुप्ताले अगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहने जनाए।

“ मा” संस्थाले प्रवासमा बस्ने मधेशीहरुको हकहितका लागि काम गरिरहेको उक्त अवसरमा जानकारी दिइएको थियो। मधेसमा बिभिन्न आपतकालीन समयमा निरन्तर सहयोग गर्ने काम गर्दै आएको यस संस्थाले मधेशीहरुको रीती रिवाज, परम्परा, संस्कृति संरक्षण जस्ता कार्यहरु गर्ने गरेको जनाइएको छ।

उक्त आधारभूत बिधालयमा अध्ययनरत २३६ बालबालिकालाई झोला वितरण गरिएको हो। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नूर आलम बादशाहले हातमा कपिकिताब बोकेर आएका विद्यार्थीहरु झोलामा राखेर घर फर्किएपछि आफूलाई खुशी लागेको जनाए। झोला पाएपछि विद्यार्थीहरु उत्साहित भएको विद्यालयका प्रधानाध्यापक सुरेश पंडितले जनाए। यसले पठनपाठन तर्फ विद्यार्थिहरु थप आकर्षित हुने विद्यालयका प्रधानाध्यापक पंडितको विश्वास छ।

झोला वितरण गर्ने कार्यमा सहयोग तथा समन्वय गर्ने संघसंस्थाप्रति उनले आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्तै किसिमको सहयोग हुने उनले अपेक्षा व्यक्त गरेर्। कार्यक्रमको अध्यक्षता आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुनील प्रसाद कुशवाहाको थियो। उनले सामुदायिक बिद्यालयहरु प्रति घट्दै गएको अभिभावकहरुको रुचिलाई वृद्धि गर्न सुझाव दिए।

यस किसिमको सहयोगबाट बिद्यार्थीहरु लाभान्वित हुदा अभिभावक वर्गको पनि सामुदायिक बिद्यालयप्रति आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे। उनले बिधार्थीहरुलाई नियमित रूपमा बिधालयमा पठाईदिन आग्रह गरे। बिधार्थीहरुका लागि खेलकूद सामग्री बितरण गर्ने उनले जानकारी दिए।

सो कार्यक्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य शिव नारायण साहको विशेष उपस्थिति रहेको हो। उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति सदस्य फागुनी मुखिया, शेख सरफुदीन, पार्वती देवी, शिक्षक नवलकिशोर साह, मणि लाल कर्ण लगायतको विशेष उपस्थिति थियो। कार्यक्रम सञ्चालन नूर आलम बादशाहले गरेका थिए।

Leave a review