रौशन चौधरी/
रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले घरमाथी डोजर चलाएर भएपनी सडक बिस्तार गरेका छन ।
पछिलो केहिदिन देखी सडक बिस्तारको काम रोकिएको कटहरिया ३ छेदी चौक बजारमा केही घर माथी डोजर चलाएर मेयर कुुश्वाहाले बाटो बिस्तरको कामलाई निरन्तरता दिएका छन ।
संघीय सांसद प्रभुु साहको पहलमा शहरी विकास मन्त्रालयको २३ करोड रुपैयाको लागतमा कटहरिया बजारदेखी जमुनिया बजारसम्म पक्की बाटो तथा नाला निर्माण गर्न साह निर्माण सेवा मलंगवाले ठेक्का लिएको छ।
ठेक्का अनुसार कटहरिया बजार र जमुनिया बजारमा निर्माण काम भईरहेको छ । कटहरिया देखी जमुनिया सम्म ३६ फिट फराकिलो बाटो निर्माण भईरहेको छ ।
कटहरिया २ छेदी चौक बजारमा भने केहि दिन अघि वडा अध्यक्ष हरीन्द्र साहको अध्यक्षतामा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले बजारक्षेत्रमा ५० फिट बाटो बनाउन सहमती भएको थियो । निर्णय अनुसार छेदी चौक बजारमा अधिकांस भागमा नाला तथा बाटो निर्माण भएपछी केही अराजकतत्वले चार दिन अघि निर्माण काम रोक्का गरेको थियो ।
रोक्का भए लगतै मेयर सियाराम कुश्वाहाको पहलमा नेपाली कांग्रेस,जसपा, स्थानियहरुको बैठकले सर्वसहमतीमा पुरोनो निर्णयलाई अनुुमोदन गरेपछी डोजर प्रयोग भएको वडा अध्यक्ष हरीन्द्र साहले बताएका छन । बाटो निर्माण पछी सो क्षेत्रका दर्जन बढी गांउका मानिसलाई कटहरिया बजार आउन जान सहजहुने मेयर सियाराम कुुश्वाहाले जानकारी दिएका छन ।