नेकपाले बारामा टुंग्यायो उम्मेदवार

साझेदारी दैनिक
430 पाठक संख्या

कलैया । नेपाली कम्युनिस्ट पार्टीले बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ ।

नेकपाले बारा क्षेत्र नम्बर १ मा सन्तोष दंगाल,२ मा रमेश प्रसाद यादव,३ मा भारत प्रसाद साह र ४ मा अजय कुशवाहालाई उम्मेदवारहरूको रुपमा टुंगो लगाएको हो ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ। भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो ।

Leave a review

This will close in 0 seconds