‘एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष’सम्पन्न

रञ्जन यादव
292 पाठक संख्या

बाराको सिमरामा सञ्चालित ‘एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष’सम्पन्न भएको छ ।

फूटवल क्षेत्रमा दक्ष प्रशिक्षक उत्पादन गर्ने उदेश्यसहित जेठ २८ गते सुरु भएको प्रशिक्षण मंगलबार सम्पन्न भएको हो ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै प्रशिक्षणमा सहभागी २४ जनालाई एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्षको प्रमाणपत्र वितरण गरिएको छ ।

बारा जिल्ला फूटबल संघद्धारा आयोजित प्रशिक्षणमा मधेस प्रदेशका २३ र बागमती प्रदेशका एक जना सहभागी थिए ।

प्रशिक्षणका सहभागीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल,सूर्य नेपाल प्रालिका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठ,मधेस प्रदेश फूटबल संघका अध्यक्ष नेपाल कार्कीले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a review