चन्द्रपुर नगरपालिकाबाट कर सेवा सञ्चालन

श्यामबाबु यादव
242 पाठक संख्या

चन्द्रपुर नगरपालिकाले आजदेखि करदाता सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

साविक करदाता सेवा कार्यालय चन्द्रनिगाहपुरबाट प्रदान हुँदै आएको सेवा अब चन्द्रपुर नगरपालिकाबाटै उपलब्ध हुने भएको हो।

आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले कर सेवा सञ्चालनका लागि आवश्यक जिम्मेवारी चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेलाई हस्तान्तरण गरेर सेवाको सुरुवात गरेका छ्न ।

“सबै स्थानीय तहका नागरिकले आफ्नै पालिकाबाट सेवा पाउने उद्देश्यले करदाता सेवा कार्यालय पालिकामै सञ्चालन गर्न थालिएको हो, यसले करदातालाई सेवा लिन सहज हुने र राजस्व संकलनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको राजस्व कार्यालय सिमराका प्रमुख पाण्डेले भने ।”

अब चन्द्रपुर नगरपालिकाबाट प्यान तथा भ्याट दर्ता प्रमाणपत्र जारी गर्ने, कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउने तथा राजस्व संकलनको कार्यसमेत हुने जनाइएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख संजय काफ्लेले नागरिकको पहुँच र सहजतालाई ध्यानमा राख्दै पालिकाबाटै कर सेवा सुरु गरिएको बताए । भयो। सेवा प्रवाहलाई थप सरल, छरितो र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्दै काफ्लेले जनतालाई झन्झट,दु:ख नहुने गरि पालिकाले करको काम गर्ने बताए ।

Leave a review

This will close in 0 seconds