Sajhedari Daily
Latest News from Nepal

पर्साको चारवटै निर्बाचन क्षेत्रमा काँग्रेसको प्रदर्शन

राम मण्डल/
संसद बिघटनको विरोधमा नेपाली काँग्रेसको देशब्यापी कार्यक्रम अनुसार वीरगञ्ज सहित पर्सा जिल्लाका ४ वटै संसदीय निर्वाचन क्षेत्रमा सोमवार प्रदर्शन गरिएको छ ।

विभिन्न ठाउमा आयोजित विरोध सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पुर्व सांसद राजेन्द्र बहादुर अमात्य, प्रदेश सभा सदस्यद्वय राजेश्वर साह तेली, ओमप्रकाश शर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

काँग्रेसले सोमबार पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्जमा गरेको बिरोध सभालाई सम्बोधन गर्दै संसद बिघटन गरि चुनावको नारा दिएर देशलाई अध्यारो बाटोतर्फ लैजाने खेल भएको नेपाली काँग्रेस पर्साका सभापति अजय द्विबेदीले बताएका छन । द्विबेदीले संसदको बिघटन गरि लोकतन्त्रको अपहरण गर्ने प्रयास भएको बताए ।

‘चुनावको नारा दिएर देशलाई अँध्यारो बाटोतर्फ लैजान खोजिएको छ,द्विबेदीले भने,सँसद बिघटन मात्र नभई सँबिधान पनि बिघटन गरेर लोकतन्त्रको अपहरण गर्ने प्रयास भएको छ।’उनले भने ।

बिरोध सभामा बोल्दै क्षेत्र नम्बर १ का सभापति बिजय सर्राफले असँबैधानिक तरिकाले संसद बिघटन गरिएकोले काँग्रेस आन्दोलनमा उत्रिएको बताए । उनले सर्बोच्च अदालतले संसद बिघटनको निर्णय खारेज नगरे र चुनावमा जानुपर्ने भए नेपाली काँग्रेस चुनावमा पनि सशक्त रुपले जाने खुलासा गरेका थिए ।

संसद बिघटनको बिरोधमा काँग्रेसले देशका १ सय ६५ वटै बिौचन क्षेत्रमा घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्र्तगत पर्साका चार वटै निर्बाचन क्षेत्रमा पनि बिरोध प्रदर्शन गरिएको हो ।

जिल्लाको क्षेत्र नम्बर २ को बहुदरमाई नगरपालिका,क्षेत्र नम्बर ३ को पोखरिया र क्षेत्र नमबर ४ को लँगडीमा काँग्रेसले संसद बिघटनको बिरोधमा प्रदर्शन गरेको हो ।