Sajhedari Daily
Latest News from Nepal

आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउछ- केस मन्सुर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमूल्लाह मन्सुरले आउंदो तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने बताएका छन ।

नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१२ ले बुधवार आयोजना गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै केन्द्रीय सदस्य मन्सुरले यस्तो बताएका हुन ।

पूर्वमन्त्री समेत रहेका मन्सुरले कांग्रेसको पक्षमा जनमतको लहर आएकोले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने दावी गरेका हुन । उनले वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी ओली सरकारले काण्डै काण्ड गरेकाले नेपाली जनताहरूले बिश्लेषण गरेर नेपाली कांग्रेसको पक्षमा जनमतको लहर आएको बताएका छन ।

ओली सरकारले संविधानलाई अपदस्थ पार्न दुई दुई पटक प्रतिनिधिसभाको हत्या गरेपछि संविधान, लोकतन्त्र र देशको जनताको लागि नेपाली कांग्रेस अगाडि बढेर सरकारको नेतृत्व गरेको पूर्वमन्त्री मंसुरले बताए ।

अहिलेको गठबन्धनको सरकारले थोरै दिनमा गरेको कामप्रति नेपाली जनताले देशमा सरकार रहेको अनुभुती गरेका छन ।

कार्यक्रममा पूर्व सभासद डा.शोभाकर पराजुली, नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, क्षेत्र नं.३ को क का प्रदेश सभासदस्यका प्रत्याशी उम्मेदवार रामानन्द यादव, नेपाली कांग्रेस बाराका सहसचिव देवेन्द्र उपाध्याय, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयरका प्रत्याशी उम्मेदवार नारायणी रायमाझी, क्षेत्र नं.३ का सभापति मुकेश कुशवाहा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ता लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

शुभकामना कार्यक्रम वडा नं. १२ का बुथ सभापति विश्वनाथ साहको सभापतित्वमा भएको थियो । सो अवसरमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर पूर्वमन्त्री मन्सुरले सम्मान गरेका थिए ।

Comments are closed.

error: Content is protected !!