Sajhedari Daily
Latest News from Nepal

प्रहरी प्रमुख पंगेनीको कार्यकुशलता

बाराका प्रहरी प्रमुख कृष्ण प्रसाद पंगेनीको सरुवा भएको छ । झण्डै करिब दश एघार महिना बारा प्रहरीको नेतृत्व गरेका प्रहरी उपरिक्षक पंगेनीको बारा वसाई सफल र उल्लेखनीय कार्यकुशलताका साथ विताएका छन । उनले बारामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा उल्लेखनीय काम गरेका छन ।

यो अवधिमा बारामा पंगेनीले लामो समयदेखी फरार अभियुक्तहरु पक्राउ गरेका छन । यतिमात्र नभई उनले जिल्लामा तस्करी नियन्त्रण,आगुऔषध बरामद र अवैध गाँजा खेति फडानी जस्ता कार्य पनि अन्य प्रहरी प्रमुख भन्दा तुलनात्क रुपमा वढि नै गरेका छन । अझ अर्को कुरा त उनको यो कार्यकालमा बारामा ठुला ठुला अपराधका घटनाहरु समेत नहुनुले पनि उनको सक्षमताको प्रशंसनीय छ ।

प्रहरी उपरिक्षक बारा आएको केही महिना नवित्दै उनले बाराका पत्रकार वीरेन्द्र साहको हत्या अभियोगमा विगत १३ बर्षदेखी फरार मुख्यआरोपी कुन्दन फौजदारलाई पक्राउ गरेका थिए । त्यसको लगदै केही महिना पछि सोही मुद्धामा फरार अर्का आरोपी हरेराम पटेल भन्ने हरेराम कुर्मीलाई पक्राउ गरेर बारा प्रहरीमा ईतिहास नै कायम गरेका थिए ।

दर्जनौ प्रहरी प्रमुखहरुको आए गए तर पत्रकार साह हत्याका यी दुई अभियुक्तहरु पक्राउ गर्न सकेनन् । तर उपरिक्षक पंगेनीले आफ्नै कार्यकालमा दुवै अभियुक्तहरुलाई पक्राउ गरेर सफलता हात पारेका छन । फौजदार र कुर्मी सहितकाले २०६४ असोज १८ गते जिल्लाको उमजन गाविस अन्तर्गत पिप्राबाट पत्रकार साहलाई अपहरण गरि हत्या गरेका थिए।

प्रहरी उपरिक्षक पंगेनीको करिब एक बर्षे कार्यकालमा उनले आफ्नो प्रतिवद्धतालाई पुरा गर्न सफल भएका छन । उनको कार्यकाललाई बाराका आम सर्वसाधारणले निडर र शाहसी प्रहरी प्रमुखको रुपमा हेरेका छन । पंगेनीको काठमाण्डौ स्थित अपराध अनुसन्धान महाशाखमा सरुवा भएको छ ।

उनको ठाउमा जिल्ला प्रहरी कार्यालय बारामा नेतृत्व लिन प्रहरी उपरिक्षक दीपेन्द्र शाही आउदैछन । उपरिक्षक शाहीले पनि बारामा शान्ति सुरक्षा चुस्त दुरुस्ता राख्न, अपराध नियन्त्रणमा र तस्करी नियन्त्रणमा उल्लेखनीय काम गर्नुहुनेमा बाराली जनताहरु आशावादी छन ।

 

Comments are closed.

error: Content is protected !!