Sajhedari Daily
Latest News from Nepal

आप्रवासीको तत्काल उद्धार गर

Top Aside Banner

महामारीको रुपमा विश्व व्यापी फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण हाम्रो मुलुक नेपालबाट बैधानिक तवरले बैदेशिक रोजगारमा गएका नेपाली कामदारलाई काममा बोलाउने मुलुकहरुले कोरोना कारण देखाउदै जबर्जस्ती कामबाट निकाल्ले,हटाउने जस्ता कार्य भइराखेकोे र नेपाली कार्यरत कम्पनी वा प्रतिष्ठानका मालिकहरुले कामदार कटौती जस्ता नियम बनाई नेपाली कामदारलाई निकाल्दा नेपालीहरुको अवस्था बिदेशमा दयनीय रहेको राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक सर्वेक्षणले देखाएको छ। छिटो भन्दा छिटो समस्यामा परेका नेपालीलाइृ श्रम गन्तब्य मुलुकहरूबाट उद्वार गर्न नेपाल सरकारलाई निर्देशन समेत दिएको छ। नेपालीहरु श्रम गन्तव्य मुलुकहरुमा श्रम गर्न ,व्यापार गर्न र तेस्रो मुलुकमा अध्ययन गर्न गएकाहरु कोभिडका कारण नराम्रोसंग फसेको र उनीहरुको तत्काल उद्वार नगरे रोग भन्दा पनि भोक र शोककै कारण मृत्यु हुन सक्ने आयोगले भनेको छ ।

मानवअधिकार आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल २८ लाख १२ हजार नेपालीहरु बैदेशिक रोजगारिमा रहेको र ती मध्ये ९ लाख नेपाली अध्ययन र व्यापारमा समेत रहेको उल्लेख गरिएको छ। जस मध्ये ७ लाख नेपालीहरु श्रम गन्तव्य मुलुकबाट तत्काल स्वदेश फिर्ता हुन चाहेको गन्तव्य मुलुका दूतावासमा निबेदन दिए पनि नेपाल सरकारले उनीहरुको गुनासोको सम्बोधन नगरिएको आयोगले भनेको छ। आप्रवासी कामदारको अधिकारको संरक्षणको लागि तत्काल संघीय सरकारले कदम चाल्नु पर्ने भनिए पनि आलटाल र दिन बिताउदै आएको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष सुदिप पाठकले आम संचार माध्यमा सरकारको आलोचना समेत गरे।

नेपाली जो सरकारको नीति नियम मान्दै सरकारले व्यवस्था गरे अनुसार कर तिर्दै बैदेशिक रोजगार,व्यापार अनि अध्ययनमा जान्छन र तिनै नेपालीले पठाएको बिप्रेसण (रेमिट्यान्स) को पैसाको भरमा बर्तमान सरकार र उनीहरुको सत्ता अनि कर्मचारी प्रशासन पालिएका छन आज तिनै नेपालीलाई बिदेशिहरुले लखेटिरहदा नत कुनै कुटनैतिक पहल गर्छ नत राहत र उद्वारमै अग्रसर हुन्छ।यस्तो बिडम्बना के नेपालीले भोगी रहनु पर्ने हो?