Sajhedari Daily
Latest News from Nepal

दिपशिखा साकोसको ९ औँ वार्षिक साधारणसभा सम्पन्न

रबिन्द्र प्रसाद साह/
कलैया स्थित दिप शिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औँ वार्षिक साधारणसभा शनिवार कलैया उपमहानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न गरिएको छ।

कलैया उपमहानगरपालिका र लुमन्ति आवाशको लागि सहयोग समूहद्वारा प्रर्बदित उक्त सहकारीको साधारणसभा कार्यक्रमको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवले उद्घाटन गरेका थिए । सहकारीकी अध्यक्ष रामरती देवी पासवानको अध्यक्षता तथा नगर प्रमुख यादवको प्रमुख आतिथ्यतामा साधारणसभा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा संचालक समितिकी सचिव कविता पंडितले आर्थिक बर्ष २०७६/७७ को प्रतिवेदन तथा अगामी आबको कार्ययोजना प्रस्तुत गरेकी थिइन् । यसैगरी कार्यक्रममा संचालक समितिकी कोषाध्यक्ष जगियादेवी पासवानले आर्थिक बर्ष २०७६÷७७ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

उद्घाटन समारोहमा लुमन्ति आवाशकोको लागि सहयोग समूह कलैयाका कार्य क्षेत्र संयोजक अब्दुल कैश, कलैया उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख महन्थ ठाकुर, शहरी गरिबी निवारण मञ्चका अध्यक्ष रबिन्द्र प्रसाद साह, सहकारीका महिला सदस्यहरू लगायतकाले शुभकामन मन्तव्य राखेका थिए ।

साधारण सभा उद्घाटन कार्यक्रमको सचालन लुमन्ति कलैयाका सामुदायिक सहजकर्ता सूर्यराज पासवनले गरेका थिए भने स्वागत मन्तव्य सामुदायिक सहजकर्ता अनिल मण्डलले गरेका थिए ।

Comments are closed.

error: Content is protected !!