महेन्द्रको नेतृत्व,कृष्णा र मेयर बैजनाथको पहलमा गढोबासी दोस्रो पटक पाए राहत

साझेदारी दैनिक
527 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ रौतहटको माधवनारायण नगरपालिका-९ गढोमा आज दोस्रो पटक २ सय १० बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सह- महामन्त्री एवं पूर्व खानेपानी मन्त्री महेन्द्र यादवको नेतृत्व एवं नेपाली कांग्रेसका मधेश प्रदेश सभापति तथा पूर्व मन्त्री कृष्ण प्रसाद यादव र माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवको विशेष पहलमा गढोबासिले आज दोस्रो पटक राहत सामग्री पाएका छन् ।

नेपाल भारत मैत्री युवा संघको सहयोगमा गढोका २ सय १० बाढी प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सह- महामन्त्री एवं पूर्व खानेपानी मन्त्री महेन्द्र यादव, मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादव र नगर प्रमुख बैजनाथ यादव गरी तिनै जनाले संयुक्त रूपमा पीडितहरुलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

मेयर बैजनाथ यादवले यसअघि पनि आरडीसी नेपालको सहयाेगमा गढोका २ सय परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका थिए।

मेयर यादवकै पहलमा आज पुनः दोस्रो पटक राहत पाएपछि गढोला बाढी पीडितहरु निकै हर्षित हुँदै मेयर यादवलाई खुलेर प्रशंसा गरेका छन्।

नगर प्रमुख बैजनाथ प्रसाद यादवले विपदमा परेका नागरिकलाई राहत सामग्री सहयोग गरेको भन्दै नेपाल भारत मैत्री युवा संघलाई धन्यवाद ज्ञापन गरेका छन्।

राहत वितरण कार्यक्रममा मेयर बैजनाथ यादवले माधव नारायण नगरपालिकालाई सरकारले बाढी सङ्कटग्रस्त क्षेत्र घोषणा नगरेकोमा पार्टीका सह महामन्त्री महेन्द्र यादव समक्ष कडा असन्तुष्टि जनाएका छन्।

माधव नारायण नगरपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गराउन पहल गर्न मेयर यादवले सह महामन्त्री यादवलाई ध्यानाकर्षण गराएका छन्।

असोज १२ गते आएको बाढीले माधव नारायण नगरपालिका समेत प्रभावित भएकोले माधव नारायण नगरपालिकालाई पनि सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने मेयर यादवको माग छ।

यसैबीच नगर प्रमुख बैजनाथ प्रसाद यादवले आजै माधोपुरमा समेत तीन सय बाढी प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन्।

शुक्रबार पनि माधोपुरमा तीन सय परिवारलाई राहत वितरण गरिएको र बाँकी रहेका तीन सय परिवारलाई आज राहत सामग्री वितरण गरिएको नगर प्रमुख यादवले बताए ।

Leave a review

This will close in 0 seconds