जिल्ला क्रिकेट संघ बाराको अध्यक्षमा सर्वसम्मत चौरसिया

साझेदारी डेलि
84 पाठक संख्या

कलैया । जिल्ला क्रिकेट संघ बाराको अध्यक्षमा सर्वसम्मत रुपमा प्रभात चौरसिया चयन भएका छन्। निर्वाचन प्रमुख सूर्यजित सिंहले शनिबार कलैयामा एक प्रेस विज्ञप्ति जारी गरी संघको अध्यक्षमा चौरसिया निर्वाचित भएको जानकारी दिएका हुन्।

संघको उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिवमा सुबाष जयसवाल, कोषाध्यक्षमा जितेन्द्र यादव चयन भएका छन्। यसैगरी सदस्यमा पवनकुमार अग्रबाल, अनिलकुमार चौगाई, समिर ठाकुर गणेश साह, महम्मद सबिर, तसिरुदिन मियाँ मन्सुर, समिर क्षेत्री दिपेश श्रेष्ठ, मुकेश उपाध्याय, जटाशंकर सर्राफ चयन भएका छन्। केन्द्रिय पर्यवेक्षक आयुष श्रेष्ठको उपस्थितिमा समिति निर्विरोध चयन भएको हो।

Leave a review

This will close in 0 seconds