वीरगञ्ज कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण

राम मण्डल
245 पाठक संख्या

वीरगञ्ज : वीरगञ्ज कपडा बैंकले दशैं तिहार तथा छठको पावन अबसरमा एक कार्यक्रमकाबीच निःशुल्क कपडा मंगलबार वितरण गरेको छ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा सो कपा वितरण गरिएको हो।

बैंकले ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको प्राङ्गणमा कपडा वितरण गरेको हो। केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

कपडा वितरण कार्यक्रममा आशा किरण केन्द्र वीरगञ्जकी नुतन सरावगी,ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी समाज सेवी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।

Leave a review