हरेक बर्ष माघ महिनाको पहिलो दिन अर्थात १ गते माघे संक्रान्ति(माघी) पर्व मनाईने गरिन्छ । माघी पर्व सवै हिन्दु समुदायले मनाउने गरेपनि खासगरी थारु समुदायले विषेश रुपमा मनाउने गर्दछन । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति(माघे संक्रान्ति) भन्ने गरिन्छ । थारु समुदायले माघीलाई नयाँवर्षको रुपमा पनि माउने गरिन्छ । खासगरी वर्षभरी क–कसले, को सँग पैसा लिनुपर्ने वा दिनुपर्नेछ, सम्पूर्ण ऋणहरु चुक्ता गर्ने र नयाँ खातापाता सञ्चालन गर्ने कार्य माघीबाट नै सुरु हुन्छ ।
माघी पर्वको अवसरमा विहिवार देशभर विभिन्न मेला, महोत्सव, सांस्कृति कार्यक्रम गरिएको थियो । बारामा पनि थारु समुदाय सहित अन्य समुदायले पनि हर्सोल्लाहका साथ माघी पर्व मनाएका छन । थारु कल्याणकारिणी सभा बाराले माघी पर्वको अवसर पारेर हरेक बर्ष माघी सांस्कृतिक महोत्सव लगाउने गरेको छ । यसबर्षपनि थारु कल्याणकारिणी सभाले बाराको कोल्हवीमा तीनदिने सांस्कृति महोत्सवको आयोजना गरेको छ ।
माघीले थारु जातिको मौलिकता बोकेको ऐतिहासिक यस पर्वलाई विकासे पर्वकोरुपमा मानिने गरिन्छ । माघीमा थारु समुदायले पूर्खाको आशीर्वाद थाप्ने, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने यसरी वर्षभरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो–मसिनो खाएर आत्मसन्तुष्टि लिने गरेको पाईन्छ । माघी पर्वमा सरकारले राष्ट्रिय पर्वको रुपमा राखेर विदा पनि दिने गरेको छ । यसपर्वलाई सद्भाव र मेलमिलापको पर्वको रुपमा पनि लिने गरिएको छ । तर पछिल्लो समयमा यसपर्वलाई मौलिकता भन्दा पनि फेसनको रुपमा मनाउन गरिएको छ । नयाँ पुस्तालले यसको मौलिकता र विशेषतालाई बुझेका छैनन्।
माघी पर्व मात्र नभएर यसको बहुआयामिकता पनि छ । यो पर्व केवल खानपिन र मनोरञ्जनमा मात्र सिमीत नभई सबैलाई एकजुट गर्ने र सामूहिकतामा बस्न सिकाउने काम पनि गर्दछ । माघी पर्वले सामाजिक, राजनीतिक धार्मिक, साँस्कृतिक महत्वलाई दर्साउँने हुदा वर्तमान राजनीतिक धुव्रीकरणलाई माघी पर्वको अवसरमा दलहरु र नेताहरुवीच विग्रेका भत्केका सम्बन्धलाई सुधार्ने, रिसरागलाई खुशीमा परिणत होस् र नयाँ सम्बन्ध बलियो बनाउने ईच्छा शक्ति प्रदान होस भन्दै सवैमा शुभकामना व्यक्त गर्दछौ ।