Sajhedari Daily
Latest News from Nepal

टाँगियाबस्तीमा छापामारी गरी ४ लाखको काठ बरामद

Top Aside Banner

रञ्जन यादब/
डिभिजन बन कार्यालय सिमरा बाराले टाँगियाबस्तीमा छापामारी गरी आज लुकाईछिपाई राखिएको चार लाख मुल्य बराबरको सालको काठ बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी र डिभिजन बन कार्यालयको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगियाबस्तीमा लुकाईछिपाई राखिएको १ सय ३३ क्युफिट काठ बरामद गरेको हो ।

बस्तीका बिभिन्न सात वटा ठाउँको बारी तथा गोठमा लुकाईछिपाई राखिएको ११ थान काठको गोलिया र १ सय २६ थान चिरानको काठ बरामद भएको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

बरामद काठलाई सब डिभिजन कार्यालय तामागढीको नियन्त्रणमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाईएको अहमदले जानकारी दिनुभयो ।